Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बलात्कार मुद्दामा ६ वर्ष कैद तोकिएका चौरसिया पक्राउ

पर्सा । बलात्कार मुद्दामा ६ वर्ष कैद सजायको फैसला भएका फरार आरोपितलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका–१६ बस्ने अनिल प्रसाद चौरसिया छन् ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

२०७६ असार १२ मा उच्च अदालत जनकपुरले चौरसियालाई ६ वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला गरेको थियो ।

प्रतिवादीलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानका लागी जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077