Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतपेटिका खरिद टेन्डरमा आपसी चलखेल, मापदण्डविपरित अयोग्य कम्पनीलाई छनौट

काठमाडौं । निर्वाचन आयोगले मतपेटिका छपाइको ठेक्कामा आपसी चलखेलमा आफैंले बनाएको मापदण्डविपरित अयोग्य कम्पनीलाई छनौट गरेको पाइएको छ ।

आगामी निर्वाचनका लागि आवश्यक मतपेटिका छपाइका लागि टेन्डर आह्वान गर्दा आयोग आफैंले बनाएर सार्वजनिक गरेको मापदण्ड तथा शर्तविपरित योग्यता नै नपुगेको कम्पनीलाई छनौट गरी नाम प्रकाशन गरेको छ ।

यसरी सेटिङमा अयोग्य कम्पनीलाई ठेक्का दिने गरी नाम प्रकाशन भएपछि अन्यायमा परेका बाँकी कम्पनीले विरोध जनाएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने निर्वाचन सामग्री खरिद गर्न आह्वान भएको बोलपत्रमा १ भदौ २०७९ मा १२ बजेभित्र दर्ता हुन आएका बोलपत्रहरूमध्ये ‘शशीधररकाविलरब्रिजटेक जेभी’ नामक कम्पनीले पेश गरेको १४ करोड ९८ लाख ४३ हजार ६५० को मतपेटिका खरिद सम्बन्धी बोलपत्र आयोगको १३ भदौको निर्णयानुसार स्वीकृत भएको सूचना आयोगले मंगलबार पत्रिकामा प्रकाशित गरेको थियो ।

तर, आयोगले यो कम्पनीको बोलपत्र स्वीकृत गर्दा आफैंले तोकेको मापदण्ड भने ठाडै मिचेको पाइएको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077