Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुहारीको कुटाइबाट ससुराको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बुहारीको कुटाइबाट ससुराको मृत्यु भएको छ ।

जिल्लाको हेलम्बु गाउँपालिका १ मा पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका(१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् । बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए ।

टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो । उनको आज उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077