Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • तीजले एकताबद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा प्रदान गर्ने अध्यक्ष ओलीको विश्वास

    तीजले एकताबद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा प्रदान गर्ने अध्यक्ष ओलीको विश्वास

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 825
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

    आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रूपमा लिने गरेको उल्लेख गरे।



    अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, “हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्य योजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ ।”



    समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उनले विश्वास व्यक्त गरेका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार