Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैंकिङ कसुर मुद्दाका फरार सुनुवार बानेश्वरबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएर ललितपुर बस्दै आएका राजेश सुनुवार छन् ।

५६ वर्षीय सुनुवारलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुनुवारले बैंक खातामा पैसा भएको जानकारी हुँदाहुँदै दिपक थापालाई दिएको ५ लाखको चेक बाउन्स भएको थियो ।

चेक नसाटिएपछि थापाले उनीविरुद्ध जाहेरी दिएका हुन् । भदौ १३ मा पक्राउ गरेर आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077