Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मेची नदीले बगाएको युवकको शव भेटियो

झापा । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ।

सोमबार दिउँसो साढे ४ बजे नदीले बगाउँदा बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी सामुएल भुजेलको शव भेटिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको थियो ।

उनको शव घटनास्थलदेखि ७ किलोमिटर दक्षिण भद्रपुर ३ दोभानमा आज बिहान साढे ७ बजे फेला परेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077