Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसका केन्द्रीय स्तरका नेतालाई सांसद बन्न सकस

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेका र मन्त्री भइसकेका नेताहरूलाई नै आगामी निर्वाचनबाट संसदमा छिर्न सकस देखिएको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिकबाट संसदमा छिरेका नेताहरू यस निर्वाचनमा समानुपातिकको बन्दसूचीमा नपर्ने र प्रत्यक्षमा समेत टिकट पाउन मुस्किल पर्ने देखिएको हो ।

पार्टीले २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका नेताहरूलाई पुनः समानुपातिकमा नदोहोर्‍याउने नीति लिएपछि पार्टीका सिनियर नेताहरू नै समानुपातिक सूचीमा नपर्ने निश्चित भएको छ ।

सत्ता गठबन्धनमा रहेका पार्टीहरूबीच तालमेल गरेर जाने निर्णयसँगै समानुपातिक सूचीमा नपर्ने ठूला नेताहरू प्रत्यक्षमा समेत टिकट पाउने नपाउने निश्चित छैन् । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077