Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आगामी संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिहरूलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो।

७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न(नउठाउन भनिएको छ ।

यस्तो प्रावधान हुँदाहुँदै पार्टीका केही कार्यसमितिहरूले निर्वाचनमा उम्मेदवार बन्दा रकम उठाउन थालेको भन्ने जानकारी आएपछि कांग्रेसले यस्तो निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077