काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।
आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ ।
आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सामाजिक सञ्जालमार्फत प्रचारमा निर्वाचन आयोगले कडाइ गरेको छ ।
आयोगले तोेकेको मितिदेखि लागू हुने गरी सार्वजनिक भएको आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने, चुनावलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न, फेक साइट खोल्न नहुने उल्लेख छ।
हेर्नुस् पूर्णपाठ :