Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रोमानिया पठाइदिन्छु भन्‍दै १७ लाख रुपैयाँ ठगी गर्ने श्रेष्ठ पक्राउ

काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक यवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-४ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्‍ने २० वर्षीया पुन माया श्रेष्ठ छिन् ।

उनले रोमानिया पठाइ दिन्छु भन्‍दै पीडितहरुबाट प्रतिव्‍यक्ति ६ लाखका दरले १७ लाख ७५ हजार रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको दाबी छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077