Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको २४ लाख रूपैयाँसहित शाक्य पक्राउ

रूपन्देही । प्रहरीले स्रोत नखुलेको २४ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

रूपन्देही सिद्धार्थनगर नगरपालिका १ बाट स्रोत नखुलेको मोटो रकमसहित बुटवल उपमहानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षका सन्दीप शाक्यलाई पक्राउ गरेको हो ।

अवैध रकम ओसारपसार हुँदै गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गर्दा शाक्यको साथबाट २४ लाख ४० हजार रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीको लागी सोमवार भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077