Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१४ ग्राम खैरो हेरोइनसहित सिवाकोटी पक्राउ

काठमाडौं । खैरो हेरोइनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका घर भएर कपन सरस्वतीनगर बस्ने ५० वर्षीय देवीप्रसाद सिवाकोटी छन् ।

आरोपीको साथबाट १४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । भदौ १० मा प्रहरी वृत कपनबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आरोपीमाथि अदालतबाट ६ दिनको म्याद लिएर प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077