Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विशाल बजारलाई नक्सासहित वडामा उपस्थित हुन २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ।

सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ।

नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ ।

महानगरको टोलीले सोमबार बिहानैदेखि मखन र वसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ। सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेसमेन्ट खाली गराउन थालिएको छ।

महानगरले पिनट्स भवनको बेसमेन्टमा रहेका पसल पनि हटाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077