Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपतिले बोलाइन कांग्रेसका पदाधिकारीलाई शीतलनिवास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका पदाधिकारीहरुलाई शीतलनिवास बोलाएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा लगायत पदाधिकारीले राष्ट्रपतिसँग भेट गरी नागरिकता लगायतका विषयमा छलफल गर्ने इच्छा देखाएपछि उनले आज शीतलनिवास बोलाएकी हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नागरिकता पास गर्न आफुले अवरोध नगर्ने बताइरहेका बेला राष्ट्रपतिले केही बुँदा संशोधन गर्नपर्ने इच्छा प्रकट गरेपछि यसै विषयएमा छलफल गर्न कांग्रेस पदाधिकारीहरु शीतलनिवास जान लागेका हुन् ।

नागरिकता विधेयकलगायत विषयमा छलफल गर्न कांग्रेस सभापति, उपसभापति, महामन्त्रीसहितका नेताहरू दिउँसो २ बजे शीतलनिवास पुगेर राष्ट्रपतिसँग छलफल गर्ने प्रधामन्त्री देउवाको निजि सचिवालयले जानकारी दिएको छ ।

नागरिकताको विधेयकको विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दल राष्ट्रपति कार्यालयबीच दूरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077