Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिकमा ७६ दलले दिए निवेदन, कुन प्रदेशमा कति ?

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने ७६ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगले दल दर्ताको लागि यही भदौ १० देखि १२ गतेसम्म दिएको समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दर्ताका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोगका अनुसार प्रदेश एकमा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, बागमती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल, गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दल, लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिए।

आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८४ वटा दल दर्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077