Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

फेसबुकमा मेयर र उपमेयर हराएको भन्दै भ्रम फैलाउने बिमली पक्राउ

झापा । सामाजिक सञ्जाल फेसबुकमा मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका-४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको हो ।

बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए।

दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077