Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड भन्छन्- कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल गछौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् ।

उनले भने,' प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो ।

प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077