Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रान्तिकारी माओवादीले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने भएको छ ।

पार्टीको भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यो बेला राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको वास्तविक समाधान गर्नका लागि वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको

स्थापना गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्न ऐतिहासिक तथा राजनीतिक दृष्टिले अनिवार्य तथा अपरिहार्य रहेकाले हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन तथा निर्णय गरेको छ ।’

वर्तमान गठबन्धन सरकारले भारतीय विस्तारवादसित गरिएका तमाम असमान सन्धि सम्झौताहरुलाई निरन्तरता दिँदै आएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077