Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषधसहित भोटेबहालबाट श्रेष्ठ पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–११ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ छन् ।

प्रहरी वृत मालीगाउँबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२१ भोटेबहालबाट चरेस १ सय ७० ग्राम, पोल्याण्ड १ सय ३० ग्राम र ब्राउनसुगर ३ ग्राम, १ थान बरामद गरेको हो ।

भोटेबहालमा बस्दै आएका श्रेष्ठको साथबाट छुरी र लागुऔषध जोख्न प्रयोग गरिने डिजीटल तराजु पनि जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शनिबार पक्राउ गरेर प्रहरीले श्रेष्ठमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077