Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिपी राजमार्गमा निजी कम्पनीद्धारा ‘कर’ उठाउन सुरु

काठमाडौं । बिपी राजमार्गमा एक कम्पनीको नाममा सडकबाट अवैध रुपमा शुल्कको असुली सुरु भएको छ ।

‘स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालि’को नाममा बिपी राजमार्गमा चल्ने बस र सवारीहरुबाट प्रतिसवारी १५० रुपैयाँ ‘करबापतको दैनिक सहयोग शुल्क’ असुल्न थालिएको हो ।

चालक र सहचालकलाई स्वतन्त्र नेपाल मजदुर चालक यातयात प्रालिमा आवद्ध भएर नीति नियम पालन गर्न कम्पनीले अनुरोध गर्दै विज्ञप्ति नै जारी गरेको छ । सो कम्पनीको नाममा रोसी खोला पुल छेउमा बसेर रकम असुल्न थालेको हो ।

‘हाम्रा चालक र सहचालकको अवश्यकता परिपूर्ति तथा हामी युवा वर्गमध्ये एकजुट भई भवितव्य दुर्घटनामा परेको खण्डमा, मृत्यु भएको अवस्थामा नेपाल सरकारबाट तोकिएको बमोजिम हाम्रो यस स्वतन्त्र नेपाल मजदुर चालक यातायात प्रालिद्वारा ४० प्रतिशतले आर्थिक सहयोग गरिने छ,’ सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077