Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शक्ति बस्नेत भन्छन् - सिट बाँडफाँट सर्वस्वीकार्य ढंगले हुन्छ, सिट ठूलो समस्या होइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले सबैलाई स्वीकार्य हुने ढंगबाट गठबन्धनका दलबीच सिट बाँडफाँट हुने लाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले सिट बाँडफाँटका बारेमा छलफल चलिरहेको भन्दै सबै गठबन्धनका पार्टीहरूलाई स्वीकार्य हुने निर्णय गरिने बताए ।

नेता बस्नेतले भने 'गठबन्धन सिटको बाँडफाँट सबैलाई स्वीकार्य हुने गरेर मिल्छ। स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने कुरामा पनि समस्या थिए,तर छलफलपछि यसको निस्कर्ष निस्किन्छ। आधा समस्या सकिसकेको छ, यो त्यति ठूलो समस्या होइन। जिल्लाका घोषणापत्रहरु पूरा गरेका छौं ।’

बाँडफाँटको आधा समस्या सकिइसकेको र सिट ठूलो समस्या नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077