Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अध्यक्ष प्रचण्ड भन्छन् - संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुन्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका छन् ।

बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ। उनले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले त्यसबाट शिक्षा लिएर आगामी निर्वाचनमा राम्रो गर्ने बताए ।

उनले भने 'स्थानीय तह निर्वाचनमा चुनावी तालमेल सोचेजस्तो नभए पनि गठबन्धन दल र सरकार मिलेर चुनाव गरायो। त्यो नै ठूलो सफलता हो ।'

स्थानीय तह चुनावको परिणाम जस्तोसुकै आए पनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकाले उपलब्धिमूलक भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077