Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले समानुपातिकबाट सांसद भइसकेकालाई नदोहोर्‍याउने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएको छ । बैठकले पार्टीलाई वैचारिक रुपले एकताबद्ध पार्दै र कार्यशैलीका हिसाबले एकरुपता ल्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पास गर्दै सम्पन्न भएको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावका बारेमा उम्मेदवार मापदण्ड र सिफारिससम्बन्धी व्यवस्था तय गरेको छ । नेकपा एमालेले समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई फेरि उम्मेदवार नबनाउने भएको छ ।

उम्मेदवार छनोटको मापदण्ड र अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठकले यस्तो निर्णण गरेको हो ।

शुक्रबार र शनिबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन समूहगत रुपमा छलफल भएको थियो । समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्‍याइने पनि एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077