काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
राजनीतिक प्रतिवेदनमाथि कमिटीका सदस्यहरुले नौवटा समूहमा अलग–अलग रहेर छलफल गरेका थिए । समूहबाट प्राप्त सुझावलाई अध्यक्षले मनन गर्ने प्रतिवेदन पारित गरेको पार्टीले जानकारी दिएको हो ।
यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय गरेको छ।
यस्ता छन् बैठकका निर्णयहरु
