Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित एक जना पक्राउ

झापा । झापामा स्रोत नखुलेको १३ लाख ६० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा गाउँपालिका-१ स्थित लसुना बोर्डर घर भएका ५४ वर्षीय तेजबहादुर गणेश रहेका छन् ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले लसुना बोर्डर नजिकैबाट गणेशलाई रकमसहित पक्राउ गरेको हो।

प्रहरी टोली देख्न साथ गणेश आफ्नो घरतिर भाग्न खोज्दा पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी उनको साथबाट १००० दरको ९०० वटा नोट, ५०० दरको ८०० वटा नोट र १०० दरको ६०० वटा नोट फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077