Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहका टाउका होइनन् : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् ।

पार्टी केन्द्रीय समिति बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धनको आलोचना गर्दै एमालेको पक्षमा जनमत रहेको दाबी गरेका हुन् ।

उनले प्रतिवेदनमा भनेका छन्, ‘आज गठबन्धनका दलहरू जसरी एमालेसँग एक्लै लडन डराइरहेका छन्, हाम्रो शक्तिका स्रोत आमजनता हुन्, समूहहरूका टाउकाहरू होइनन् ।’

उनले मुलुकमा जुन ढङ्गको राजनीतिक नवीकरण भइरहेको छ त्यो तत्कालका लागि यो चुनौतीपूर्ण भएपनि दीर्घकालीन हिसाबले सकारात्मक रहेको पनि ओलीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077