Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • फोटो ट्वीस्ट गर्नेलाई काउन्सिलले नछाड्ने, अपराध नगरौं : अध्यक्ष बस्नेत

    फोटो ट्वीस्ट गर्नेलाई काउन्सिलले नछाड्ने, अपराध नगरौं : अध्यक्ष बस्नेत

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । प्रेस काउन्सिल नेपालले फोटोको गलत प्रयोग गरी पत्रकारिताको धज्जी उडाउने पत्रकार र सञ्चारमाध्यमलाई कारवाहीको चेतावनी दिएको छ ।

    काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले दलीय चश्मा झिकेर समाचार प्रवाह गर्न आग्रह गर्दै त्यसो नगर्नु सिंगो पत्रकारिताको लागि घातक हुने जनाजनाएका हुन।



    बिहीबार सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले लेखेका छन् , ‘फोटो वा दृश्यको दुरुपयोग गर्ने, फरक प्रसंगका समाचार सामाग्रीमा जोड्जाड गर्ने प्रवृत्ति सिंगो पत्रकारिरताका लागि घातक छ । पत्रकार तथा सञ्चारमाध्यमले जथाभावी तस्बिर, भिडियो दृश्य, ध्वनि वा तथ्यलाई तोडमोड गरी गलत अर्थ लाग्ने वा असान्दर्भिक समाग्री प्रकाशन गर्नु अर्को अपराध हो ।’



    केही मिडिया र सामाजिक सञ्जालमा अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्डसहितका नेताहरुसँग जोडी गलत समाचार र तस्वीर आइरहेका बेला बस्नेतको यस्तो प्रतिक्रिया आएको हो ।

    काउन्सिलले तस्वीरको गलत प्रयोग गर्ने त्यस्ता सञ्चारमाध्यमलाई कारवाही थालेको छ भने कतिपय सामाग्री हटाइसकेको छ ।

    अध्यक्ष बस्नेतको भनाई छ, ‘दलीय वा कुनै पूर्वाग्राहको चश्मा झिकेर मात्र समाचार प्रवाह गरौं । त्यसो हुन सके मात्र सञ्चारमाध्यम र सामाजिक सञ्जालको सही सदुपयोग हुनेछ । आचारसंहितालाई अचार बनाउनतिर कोही नलागौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार