Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भन्सार छलेर ल्याएको तीन ट्रक सामानसहित चालक र सहचालक पक्राउ

काठमाडौं । भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको हो ।

भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।

सो सामान ना.६ ख८९ नम्बरको ट्रक, ना.६ ख ७१ नम्बर र ना.७ ख. ९३२ नम्बरको ट्रकमा लोड गरेर वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । ट्रक चालक र सहचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077