Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, संचालक सहित ५ जना पक्राउ

    नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, संचालक सहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरी प्रहरीले छापा मारेको छ ।

    आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेको हो ।



    भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।

    नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य संचालक भगवान बस्नेत र दोलखाको कालिञ्चोक घर भएका हरि वली छन् ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका–२ स्थित घनश्याम मैनालीको घर भाडामा लिएर अरोपीहरुले नक्कली मदिरा तयार गर्ने गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार