Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा तीन वर्षीय छोरालाई चितुवाले लैजान थालेपछि उनकी आमाले चितुवाको मुखबाट खोसेर ल्याउन सफल भएकी छिन् ।

करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी हुन् । बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरेको थियो ।

चितुवाले लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् ।

घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077