Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुपन्देहीमा लुटपाट गरी गोली प्रहार गर्ने दुईजना पक्राउ

बुटवल । रेस्टुरेन्टमा हतियार देखाइ नगद, सुनका गरगहना र मोबाइल लुटपाट गरी एक जनालाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

गत साउन २९ गते राति करिब १०ः४७ बजे रुपन्देहीको रोहिणी गाउँपालिका-१ बाइपास रोडस्थित न्यू सिद्धार्थ रेस्टुरेन्टमा उनीहरुले लुटपाट र गोली प्रहार गरेका थिए ।

पक्राउ पर्नेमा रुपन्देहीको मायादेवी गाउँपालिका-७ महुबारीका ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका ४ का २१ वर्षीय मोहम्मद असरद मुसलमान (काजु) रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा संलग्न एकजना फरार रहेको रुपन्देही प्रहरीले जनाएको छ । रेस्टुरेन्टमा लुटपाट गरेर भाग्ने क्रममा बसन्तपुर बाइपास नजिकै मोटरसाइकलमा सवार तीन जनालाई सिद्धार्थनगर-१ बेलहियाका २८ वर्षीय विकास गुरुङले रोक्न खोज्दा तीन जनामध्ये बीचमा बस्ने व्यक्तिले गुरुङमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट अटोमेटिक पेस्तोल र चोरी भएको भिभो कम्पनीको मोबाइल फोन बरामद भएको बताइएको छ । घटनाबारे थप अनुसान्धान भइरहेको रुपन्देही प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077