Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्रोएसिया पठाइदिने भन्दै ६ लाख ठगी गर्ने दाहाल पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागी क्रोएसिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बिराटनगर घर भएर बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् ।

क्रोएसियाको कृषि फर्ममा काम लगाइदिने र तलब १ लाख हुन्छ भनेर दाहालले पीडितहरुसँग ६ लाख चौबिस हजार लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

धनञ्जय कुमार कार्की सहितका व्यक्तिहरुलाई ठगेर सम्पर्कविहीन भएपछि आरोपीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले प्रहरीलाई आग्रह गरेको थियो । बुधवार उनलाई सिनामंगलबाट पक्राउ गरेर विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077