Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

    विराटनगर र सिमरामा पनि खुल्यो सामाजिक सुरक्षा कोषको शाखा कार्यालय

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सामाजिक सुरक्षा कोषले प्रदेशस्तरबाट समेत आफ्नो सेवा दिन सुरु गरेको छ । कोषले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तर्गतका सेवा पनि प्रदेशबाट दिन थालेको हो ।

    जसअनुसार पहिलो चरणमा प्रदेश नम्बर एकको विराटनगर र मधेस प्रदेशको सिमरामा बुधबारदेखि शाखा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनसँगै सेवा सुरु भएको कोषले जनाएको छ ।



    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले बुधबार विराटनगर र सिमरा शाखा कार्यालयको उद्घाटन भर्चुअल माध्यमबाट गरेका हुन् ।



    कोषले हाललाई विराटनगर शाखा प्रमुखको जिम्मेवारी सौरभकुमार मिश्र र सिमरा शाखाको प्रमुखको जिम्मेवारी ऋषिराम पाण्डेलाई दिएको छ ।

    कोषका शाखा कार्यालयबाट कोषको केन्द्रीय कार्यालयबाट दिइने सबैजसो सेवा दिइने कोषका उपनिर्देशक रोहित रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार विशेषगरी योगदानकर्तालाई दिइने सेवामा केवाईसी अपडेट, कर्जा प्रवाह तथा सापटी, अन्य योजनाको सहजीकरण तथा सेवाग्राहीले प्राप्त गर्ने भुक्तानी दिइनेछ ।

    कोषले सात वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने गरी ‘ओएएनए’ सर्वे गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले पहिलो चरणमा दुई वटा प्रदेशमा मात्र शाखा कार्यालय विस्तार गर्ने गरी ओएनएम स्वीकृत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार