Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसीले भन्यो - दर्या दुगिनाको हत्या युक्रेनले नै गरेको हो

एजेन्सी । रुसले प्रभावशाली उग्र–राष्ट्रवादी अलेक्जेन्डरदुगिन छोरी दर्या दुगिनाको कार बम विस्फोटमा भएको हत्या ‘युक्रेनी विशिष्ट निकाय’ले गरेको आरोप लगाएको छ ।

राष्ट्रवादी रुसी टिभी च्यानलकी नियमित टिप्पणीकार रहेकी २९ वर्षिया दुगिनाको टोयोटा ल्यान्ड क्रुजर गाडीमा शनिबार रिमोट कन्ट्रोल बम विस्फोट भएको थियो ।

बम विस्फोट हुदाँ उनी मस्कोको बाहिरी भागमा गाडी चलाईरहेकी थिइन् ।

दर्या दुगिना उनका पिताजतिको लोकप्रिय नभए पनि वैचारिक रुपमा भने उनीसँग नजिक र युक्रेनमा रूसी आक्रमणको कट्टर समर्थक थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077