Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दाङमा आफ्नै टिप्परमा आगो लगाउने तीन जना पक्राउ

दाङ । बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानरपालिका–१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८ पिपरिया बस्ने ३२ वर्षीय चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् ।

मंगलवार बिहान नेपाल बन्दको मौका छोपेर बीमाको लोभमा घोराहीको कुइरेपानी बबई खोलाको पुल नजिक लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई सोधपुछका लागि बोलाउँदा बीमाका लागि आगो लगाएको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077