Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अमेरिकी डलर साटिदिने भन्दै लुटपाट गर्ने संजय र विष्णु पक्राउ

    अमेरिकी डलर साटिदिने भन्दै लुटपाट गर्ने संजय र विष्णु पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ थलाडाँडा घर भएका ३२ वर्षीय संजय तामाङ  र शम्शेरडाँडा घर भएका ३१ वर्षीय विष्णु तामाङ छन् ।



    आरोपीहरुलाई काठमाडौंको टोखा नगरपालिकास्थित यूनिक कोलोनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    डलर लुटमा संलग्नहरुले आफूसँग भएको अमेरिकी डलर सस्तोमा साटिदिने र त्यसबाट राम्रो आम्दानी हुने भन्दै पीडितहरुलाई सम्पर्क गरेर एकान्त र जंगल क्षेत्रमा बोलाउँने र पीडितलाई डलर भनेर बाहिर डलर र भित्र नेपाली ५–१० रुपैयाँको बिटो बनाएको पोको दिएर नगद लुटेर भाग्ने गरेका थिए ।

    भदौ ६ मा संजय र विष्णुले १५ लाख बराबरको अमेरिकी डलर ‘सस्तोमा साटिँदिने भन्दै एकजना पीडितलाई बोलाएका थिए । पीडितले त्यसबारे सुराक दिएपछि पिछा गरेर उनीहरुलाई टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    आरोपीहरुको साथबाट प्रहरीले अमेरिकी डलर १ दरको ८ सय थान, ५० दरको ३७ थान, नेपाली रुपैयाँ ५ दरको ३२५ थान, १० दरको नोट ९ थान र २० दरको नोट १०९ थान बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार