Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुद्दा मिलाई दिने भन्दै एक लाख ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको मुद्दा मिलाई दिन्छु भनी सुरेश महर्जनसँग रु तीन लाख माग गरेकामा रु एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग रु एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077