Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टिप्परमा आगजनी गर्ने चालक र सहचालक पक्राउ

दाङ । नेपाल बन्दको बहानामा टिप्परमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान साढे चार बजे टिप्परमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन्।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिप्परमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो।

नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिप्पर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077