Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बन्दकर्तालाई कुटपिट गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि...

काभ्रे । बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

आज बिहान बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले बन्दकर्तालाई नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् ।

स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको र लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए थिए ।

पक्राउ परेका व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव देशैभर सामान्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077