Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कैलालीको अत्तरिया चोकमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

कैलाली । कैलालीको अत्तरिया चोकमा भेटिएको शंस्कापद वस्तु डिस्पोज गरिएको छ ।

नेपाली सेनाको डिस्पोजल टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा राखिएको उक्त वस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै रहेको शंकास्पद वस्तुलाई पनि निस्क्रिय पार्ने तयारी रहेको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077