Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा बसमाथि ढुंगा हानियो

काठमाडौं । बन्दमा चलाएको भन्दै कोटेश्वरमा बसमाथि ढुंगा प्रहार गरिएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै उनीहरूका कार्यकर्ताले महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बसमा ढुंगा हानेका हुन् ।

विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्द घोषणा गरेका छन् ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बसमा एउटा समूहले राष्ट्रिय वाणिज्य बैंकअगाडि एक्कासि ढुंगा हानेर भागेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा बन्दको खासै प्रभाव नपरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077