Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कान्तिपुर बचत तथा ऋण सहकारीमा तनाव, संस्थाले पीडित बनाएको बचतकर्ताको गुनासो

काठमाडौं । सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।

बचतकर्ताले भनेजति रकम कान्तिपुर सहरकारीले दिन सकेन जसका कारण बचतकर्ताले कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको विरोध गर्दै आपत्ति जनाएका थिए ।

बचतकर्ताले सो सहकारीले सेवाग्राहीलाई विश्वसनीय र भरपर्दो सेवा दिन नसकेको भन्दै आपत्ति जनाएका थिए । कान्तिपुर सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता आक्रोशित भएका थिए ।

आक्रोशित बचतकर्ताले सहकारीविरुद्ध अभिव्यक्ति दिँदै व्यवस्थापनको गम्भीर ध्यानाकृष्ट गराएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077