Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाल बन्दको प्रभाव : कैलालीका दुई स्थानमा शंकास्पद वस्तु भेटिए, बम हुनसक्ने आशंका

    नेपाल बन्दको प्रभाव : कैलालीका दुई स्थानमा शंकास्पद वस्तु भेटिए, बम हुनसक्ने आशंका

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.2K
    SHARES

    धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेका हुन् ।

    अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    आज नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



    उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार