Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रचण्ड–नेपाल सहमति : घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै

    प्रचण्ड–नेपाल सहमति : घोषणापत्र साझा, निर्वाचन चिह्न आ–आफ्नै

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 834
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।

    ४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी एकता गर्ने कि निर्वाचन पछि ?’ भन्ने विषयमा सहमति जुटाउन नसकेका प्रचण्ड र नेपालले ‘हाललाई पार्टी एकताका लागि एकता संयोजन समिति गठन गर्नेसमेत सहमति गरेका छन् ।



    ललितपुर हात्तिवनमा सोमबार भएको प्रचण्ड–नेपाल भेटघाटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसमेत सहभागी थिए ।



    एउटै घोषणापत्रमा निर्वाचनमा सहभागी हुने सहमति गरेका दुवै नेताले चिह्न भने आआफ्नै लिएर निर्वाचन लड्ने छलफलमा सहभागी एक नेताले बताए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार