Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाले निकाल्यो मसाल जुलुस

    नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लव नेकपाले निकाल्यो मसाल जुलुस

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । मंगलबार नेपाल बन्दको घोषणा गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार साना दलले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेका छन् ।

    महँगी, भ्रष्टाचार नियन्त्रण र अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौताको विरोधमा विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेका हुन् ।



    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको विरोधमा राजधानीसहित देशभरका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ ।

    मसाल जुलुसका क्रममा यी चारै दलका कार्यकर्ता सहभागी थिए। उनीहरुले गठबन्धन सरकारको विरोधमा पनि नाराबाजी गरेका छन् । उनीहरुले भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । भदौ ४ गते विरोधसभा, ६ गते मसाल जुलुस र ७ गते नेपाल बन्दको निर्णय गरिसकेका छन् ।

    नेपाल बन्द गर्नेमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार