Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँण भन्छन् - मिटरब्याजीलाई तत्काल कारबाही हुन्छ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मिटरब्याज लिएर जनता ठग्नेहरूलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन र कारबाही गर्ने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन् । उनले मिटर ब्याजमा जनतासँग पैसा ठग्ने मिटर ब्याजीहरुलाई नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयले प्रमुख प्राथमिकता राखेर काम गर्नुपर्ने बताए।

मन्त्री खाणले वर्तमान सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै मिटर ब्याजीलाई कानुनी कारबाहीको दायराभित्र ल्याउने र मिटरब्याजीले जनतालाई दिइरहेको सास्तीलाई नियन्त्रण गर्ने नीति लिएको दाबी गरे।

उनले मिटरब्याजीलाई अनुसन्धान गरी कारबाही गर्नको लागि मन्त्रालयले कार्यदल बनाएर अनुसन्धान गरिरहेको बताए।

मिटर ब्याजबाट ठगिएका आम जनतालाई उजुरी दिन आग्रहसमेत गरिएको बताए। उनले अहिलेसम्म विभिन्न प्रदेश र जिल्लामा गरी १९ सय ३७ वटा मिटर ब्याजबाट ठगीका उजुरी परेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077