काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले केन्या जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानले सोमबार कार्यक्रम गर्दै टोलीलाई बिदाइ गरेको हो ।
केन्या भ्रमणमा नेपालले पाँच टी-२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ ।
नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि यही भ्रमणबाट आफ्नो जिम्मेवारी सुरुवात गर्दैछन् ।
कप्तान सन्दीप लामिछाने केन्याबाटै क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट ईन्डिज जानेछन् । सीपीएलमा उनी जमैका तल्हवाजबाट खेल्नेछन् । नेपाल टी-२० लिग समयमै भएमा नेपाल फर्कने उनले बताए ।
Leave a Reply