Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

थारू कोटा नछुट्याई गरेको विज्ञापन अगाडि नबढाउन सर्वोच्चको आदेश

काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा थारु समुदायका लागि आरक्षण कोटा नछुट्याई गरिएको विज्ञापनका विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म पदपूर्ति कार्य नगर्नू–नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

कृषि विकास बैंकले २०७९ असार २४ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापनमा थारु समुदायको लागि

कोटा नछुट्याइएको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाई रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077