Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आचारसंहिताबारे पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु

काठमाडौं । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ ।

छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो ।

सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077