बैतडी । बैतडीमा एकै परिवारका ४ दिदीबहिनी सुरक्षा निकायमा कार्यरत रहेका छन् ।
जिल्लाको मेलौली नगरपालिका–७ गाउँकोटका ८ दिदी बहिनीमध्ये ३ बहिनी नेपाली सेना र एक बहिनी नेपाल प्रहरीमा कार्यरत रहेको पाइएको हो । मुन्नी चन्द, इन्द्रा चन्द र अनिता चन्द नेपाली सेना तथा सरिता चन्द नेपाल प्रहरीमा सेवारत छन् ।
यस्तै दुई बहिनीमध्ये मनिषाले नेपाल प्रहरी र अमृताले नेपाली सेनाको लिखित परीक्षा उत्तीर्ण गरी अन्तर्वार्ताको तयारीमा छन् ।
बाँकी जेठी बबिता चन्द र माइली मञ्जु चन्द गाउँकै विद्यालयमा शिक्षक छन् । उनीहरु भारतीय सेना गोरखा रेजिमेन्टमा कार्यरत करवीर चन्दका छोरी हुन् ।